पोखरामा लागूऔषधसहित तीन जना पक्राउ

पाेखरा | चैत ८, २०८१

पोखरामा लागूऔषधसहित तीन जना पक्राउ

पोखरा:   पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोवार गरिरहेको अवस्थामा छोरेपाटनबाट युवतीसहित तीनजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । 


लागूऔषध कारोवार गरिरहेको अवस्थामा म्याग्दी घर भई पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ«े ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको प्रहरी निरीक्षक जिसीले बताए ।  

प्रहरीले बरामद गरेको लागूऔषध र मोवाइल । फोटो: कास्की प्रहरी


पक्राउ परेका उनीहरुको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३सय ४० ग्राम, लागूऔषध बुप्रिनर्फिन १ सय ४४ एम्पुल, डाईजापाम १ सय ४३ एम्पुल, फेनरागन १ सय ४२ एम्पुल गरी ४ सय २९ एम्पुल लागूऔषध र ४ थान मोवाईलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्